विद्यार्थीले पाउने भए कोरोना खोप, प्रवेशपत्र देखाएर खोप लगाउन पाउने
खबर एक्सप्रेस
२०७८-०४-२७ ०५:३४ मा प्रकाशित
Total Shares: 226
काठमाडौं - सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार प्रवेशपत्रकै आधारमा विद्यार्थीले खोप लगाउन पाउने छन् ।
काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस