बाढीपहिरोमा परेर घाइते भएकाहरूको नि:शुल्क उपचार गर्छौं : स्वास्थ्यमन्त्री पौडेल
खबर एक्सप्रेस
२०८१-०६-२० १२:२७ मा प्रकाशित
Total Shares: 81
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्।
काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको अवस्थाबारे जानकारी लिन पुगेका स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्।
स्वास्थ्यमन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निःशुल्क उपचार गर्ने बताए।
साथै विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गरिने पनि उनले बताए।
स्वास्थ्यमन्त्री पौडेलले बेथानचोक, धुलिखेल र पनौतिको प्रभावित क्षेत्र अवलोकन पनि गरे।

.gif)




फेसबुक पेज Like गर्नुहोस