काठमाडौँ - नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार म्याग्दी जिल्लाका धौलागिरी नगरपालिका ४ का कोरोना संक्रमित ४९ दिने शिशुको मृत्यु भएको हो।

घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । 

शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।