प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च अदालत
खबर एक्सप्रेस
२०७८-०८-१९ ०४:५३ मा प्रकाशित
Total Shares: 330
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा पुगेका छन् । उनी कोरोना भाइरस संक्रमणमुक्त भएपछि आज सर्वोच्चमा पुगेका हुन् ।
केही दिनअघि प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । त्यही समय सर्वोच्चमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।
शुक्रबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस