सुपर ओभरमा पोखराको रोमाञ्चक
काडमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ ।
सुपर ओभरमा पोखरासँग पराजित भएसँगै विराटनगर एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको हो ।
चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ। एनपीएलकै पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए
। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए।
छैटौं बलमा गौसले एक रन लिए। सुपर ओभरमा पोखराले १८ रन जोड्यो। सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए ।
बलिङमा पोखराका रेइफर थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके। दोस्रो बलमा पनि किर्टोनले एक रन लिए। तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके।
चौथो बल डट भयो। पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो। छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो।
त्यसअघि दुवै टोलीले २० ओभरमा १३९/१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।
पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस