संसदीय समितिको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बस्दै
खबर एक्सप्रेस
२०८१-०२-१५ ०९:२२ मा प्रकाशित
Total Shares: 86
काठमाडौं-सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन भएको सहमतिलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ ।
कार्यदलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । हिजो ‘सहमति नजिक पुगेको’ भनिएको कार्यदलको बैठक आज पुनः बस्ने भएको हो । आजको बैठकले कार्यादेशमा ठोष सहमति गर्ने बताइएको छ ।
व्यक्तिभन्दा कम्पनीको नाम उल्लेख गर्नेमा प्रमुख प्रतिपक्षी दल सहमति नजिक पुगेको दाबी गरिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर छानिबन गर्नुपर्ने नेपाली कांग्रेसको अडान र व्यक्तिको नाम तोक्न नहुने सत्तापक्षको हठका कारण कार्यदलमा सहमति हुन सकेको थिएन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस