काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ।

महाशाखाका अनुसार दिउँसो देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।