काठमाडौं - प्रधामन्त्री केपी शर्मा ओलीले आउँदो २ साता नेपालीका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने केही साता साह्रोरगाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए ।

'आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो थप संक्रमण देखिन सक्ने अवधि मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिमको अवधि पनि हो,' प्रधानमन्त्री ओलीले भने, 'आउने केही हप्ता केही साह्रो/गाह्रो सहँदा जीवन रक्षा गर्न सकिन्छ ।'

संकटको कालो बादल अवश्य हटेर जाने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे ।विदेशमा रहेका नेपालीहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, 'जो जहाँ छौं, त्यहीँ सुरक्षित रहौं । संकटको कालो बादल अवश्य हटेर जानेछ ।'