विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं,धनगढी - डडेल्धुरामा विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ छन् । डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्ट पक्राउ परेका हुन् ।
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उक्त शिक्षकलाई आइतबार नियन्त्रणमा लिएको हो। बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी पुगेपछि शिक्षक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको उनको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस