प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७८-०७-१६ ०६:५१ मा प्रकाशित
Total Shares: 228
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ ।
स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्ध, घनिष्ठ सांस्कृतिक आत्मियता लगायत विषयमा दुई नेताबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस