यसकारण व्यस्त छिन् सारा
खबर एक्सप्रेस
२०७६-०८-२२ ११:०० मा प्रकाशित
Total Shares: 819
काठमाडौं - अभिनेत्री सारा अली खान बिस्तारै बलिउडमा जमिरहेकी छन् । फिल्म 'केदारनाथ' बाट बलिउडमा डेब्यू गरेकी साराको दोस्रो फिल्म 'सिम्बा' पनि सुपरहिट भयो ।
उनले आफ्नो आगामी फिल्म 'आज कल' को शूटिङ पूरा गरेकी छन् । इम्तियाज अलीको निर्देशनमा बनिरहेको फिलम्मा सारा कार्तिक आर्यनसँग देखिँदैछिन् । सारा अहिले अर्को फिल्म 'कुली नम्बर एक' को शूटिङ गरिरहेकी छन् । जसमा उनले बरुण धवनसँग स्क्रीन सेयर गर्नेछिन् ।
भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोका अनुसार साराले अर्को फिल्म अजय देवगनसँग खेल्नेछिन्, जसका लागि अजय पनि तयार भइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस