काठमाडौं - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेका बताइएको छ  ।

प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन् ।

बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन्।

यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिएका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् ।