अर्घाखाँची - रुपन्देहीमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। 

डा. थापाले उनीहरू बुटवल-१ निवासी ६७ वर्षीया महिला साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। 

उनी मृगौला र उच्च रक्तचापको बिरामी रहेको बताए। उनको आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको  बताए।

यस्तै समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए। उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो। उनीहरु दुवैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. थापाले जानकारी दिए।