कपिलवस्तुमा १६ वर्षीया किशोरी बलात्कृत
खबर एक्सप्रेस
२०७७-११-०२ ०७:१६ मा प्रकाशित
Total Shares: 505
काठमाडौं, कपिलवस्तु - कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस