एनआइसी एशिया बैंकका कर्मचारी तथा ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट
काठमाडौं - चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडको र ओम अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् । यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
ॐ अस्पतालमा आयोजित एक संक्षिप्त हस्ताक्षर समारोहमा ॐ अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी तथा प्रमुख वित्त अधिकृत धुर्व सुवेदी तथा एनआइसी एशिया बैंकका डिजिटल हेड तथा डेपुटी म्यानेजर विमल लम्साल, सह प्रवन्धक निर्भिक सापकोटा र सह प्रवन्धक पंकज भट्टराई सहभागी थिए । ॐ अस्पतालले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार देशका अधिकांश बैंकहरुसँग स्टाफ तथा ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा दिँदै आएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस