एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७१ वर्षिय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

‘आज राती मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बताउन विवश छु, ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी थियो। उसलाई असाध्यै मिस गर्नेछु, तर हामी फेरि भेट्नेछौँ।’ट्रम्पद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। केही समय उपचार गरेपछि उनी निको भएका थिए।

शुक्रबार ट्रम्पले भाइको अवस्थाबारे भने ह्वाइट हाउसको ब्रिफिङका क्रममा खुलाएका थिए। ‘मेरो अद्भूत भाइ छ’, उनले भनेका थिए, ‘जन्मेदेखि हाम्रो विशाल सम्बन्ध छ। तर अहिले ऊ अस्पतालमा छ।’

ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो।