काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन्। उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए।
उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ।

.gif)


