काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले नर्वीच सिटीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।

गएराति नर्वीचको मैदानमा भएको खेलमा युनाइटेड १-० गोलले विजयी बनेको हो ।

खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत क्रिस्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक गोल बन्यो ।

जितसँगै १६ खेलबाट २७ अंक जोडेको युनाइटेड अंक तालिकाको पाचौँ स्थानमा छ । नर्वीच १६ खेलबाट १० अंकसहित तालिकाको पुछारमा छ ।