बायर्न र डर्टमण्डको सानदार जित
काठमाडौं - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगमाथि ४–१ को जित दर्ता गरेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काएका थिए ।
यो जितसँगै अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित लाइप्जिग ३ अंक जोडेर १३औं स्थानमा छ ।
त्यस्तै, अर्को खेलमा बोरुसिया डर्टमण्डले रोमान्चक जित निकालेको छ । डर्टमण्डले बायर लिभरकुसेनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिभरकुसेन ७ अंक जोडेर छैटौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस