नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं,विराटनगर - नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नवगठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालय, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदै छ । प्रदेश -१ का नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेसँगै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए । त्यसपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राईको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस