मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ
खबर एक्सप्रेस
२०७९-१०-२४ ११:१२ मा प्रकाशित
Total Shares: 157
काठमाडौं,जनकपुर - मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन ।
मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस