काठमाडौं,दोलखा-दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्। नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए। 

प्रतिनिधिसभातर्फ जारी मतगणनामा पनि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।