हैजा प्रकोप नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा
काठमाडौं - पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गर्दै सरकारले तत्काल मेडिकल टिम परिचालन गर्ने भएको छ ।
आज गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा प्रकोपलाई मध्यनजर गरेर आवश्यक परे तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बैठकमा गृहमन्त्री रमेश लेखकले चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन निर्देशन दिएको जनाएका हुन् । बैठकमा मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भएको प्रवक्ता काफ्लेले बताए ।
बैठकमा विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ । बैठकमा गृहसचिब गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस