काठमाडौ - भारतको बनारसमा केही दिनअघि जवरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ। उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो। 

उत्तर प्रदेशको बनारसमा नेपाली नागरिकको जवरजस्ती कपाल मुन्डन गरेको घटनाले शनिबार नयाँ मोड लिएको हो। वाराणसीका  एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल मुन्डन भइरहेको देखिएका कथित नेपाली व्यक्ति  शुद्ध रूपमा भारतीय नागरिक हुन्। 

पुलिसको टोलीले उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने क्रममा उक्त खुलासा भएको हो। कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह बताएका छन्।