सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियो
खबर एक्सप्रेस
२०७७-०३-२४ ०१:५१ मा प्रकाशित
Total Shares: 394
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आज विहान सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले उनको शल्यक्रिया गरेको हो ।
केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा स्वयंले व्यहोरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस