कोटेश्वरमा एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ
खबर एक्सप्रेस
२०७७-०८-२२ ०१:३२ मा प्रकाशित
Total Shares: 438
काठमाडौं - काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरवमा एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा साेही स्थानमा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस