च्याम्पियन्स लिगमा लिभरपुलको लगातार तेस्रो जित
खबर एक्सप्रेस
२०८१-०७-०८ ०८:२५ मा प्रकाशित
Total Shares: 56
काठमाडौं- लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
फेसबुक पेज Like गर्नुहोस