इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदै
              खबर एक्सप्रेस
                            २०७६-०४-२४ ११:०० मा प्रकाशित 
              Total Shares: 717 
              
            
            काठमाडौं - इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ ।
प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन मात्र एक अंकले पछाडि परेपछि उपाधि म्यानचेष्टर सिटीले जितेको थियो । तर च्याम्पियन्स लिगमा लिभरपुलले टोटेनहमलाई हराउँदै उपाधि जितेको थियो ।
लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभए पनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् । जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कन मिल्ने अवस्थामा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस