सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय
खबर एक्सप्रेस
२०७८-०४-२५ ०६:१२ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार नीजि तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको हो ।
फेसबुक पेज Like गर्नुहोस