काठमाडौं,एजेन्सी - इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युभेन्ट्सले स्वीडीस क्लब एफसी माल्मोलाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन २३ औं मिनेटमा एलेक्स सान्ड्रो, ४५ औं मिनेटमा पेनाल्टीमा पाउलो डिबाला र पहिलो हाफको इन्जुरी समयमा अल्भारो मोराटाले गोल गरे ।