उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा कोरोना संक्रमण
काठमाडौं - उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार आइतबार एक ५८ वर्षीय न्यायाधीश, एक जना प्रहरीसहित सात जनामा संक्रमण देखिएको हो । न्यायाधीश काठमाडौं निवासी र ३२ वर्षीय प्रहरी जवान सिरहा निवासी हुन् ।
यसैगरी, तिलाठी कोइलाडी गाउँपालिका ३ का ३८ वर्षीय पुरुष, वडा नं. ४ का २६ र ३९ वर्षीय पुरुष र वडा नं. ५ का २८ वर्षीय दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न पठाइएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
शनिबार पनि सप्तरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका सात जनासहित सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ३४ पुगेकोछ । संक्रमितमध्ये हाल २३ महिला र ९६ पुरुष गरी १ सय १९ जना मात्र आइसोलेसन केन्द्रमा रहेका छन् । आइसोलेसन केन्द्रबाट २५ महिला र २ सय ८७ पुरुष गरी ३ सय १२ जना निको भइ घर फर्किएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस