चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय
खबर एक्सप्रेस
२०७८-१२-२५ १२:४८ मा प्रकाशित
Total Shares: 557
काठमाडौं - सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको बैठकले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि एक नेताका अनुसार रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलले अहिले त्यसको तयारी गरिरहेको छ । एक दुई दिनभित्रै वक्तव्य आउने बताइएको छ । बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल पनि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस