चट्याङ लागेर युवकको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-१७ ०३:१६ मा प्रकाशित
Total Shares: 780
काठमाडौं, रोल्पा - रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेक पुनको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
पुनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस