भारतीय धावक मिल्खा सिंहको निधन
काठमाडौै,एजेन्सी - भारतीय धावक मिल्खा सिंहको निधन भएको छ।
कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका सिंहको भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
९१ वर्षिया उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे निधन भएको हो। उनलाई मे २० तारिखमा कोरोना भाइरसको संक्रमण भएको थियो ।
जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।
पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो। सन् १९५८ को कमनवेल्थ गेम्स च्याम्पियन मिल्खाले सन् १९६० को रोम ओलम्पिकमा सहभागिता जनएका थिए ।
मिल्खाले एसियन गेम्समा ४ स्वर्ण पदक जितेका छन् । उनले १९५८ मा २०० र ४०० मिटर तथा १९६२ मा ४०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस