भागरथी हत्या प्रकरण : भारत जान लागेका एक व्यक्ति पक्राउ
खबर एक्सप्रेस
२०७७-११-०४ ०६:३७ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जनाएको छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण भएको खुलेको छ ।
ती व्यक्ति भागरथीको हत्या भएको केही दिनपछि कञ्चनपुर झरेका थिए । भारत जान लागेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अहिले अनुसन्धान भैरहेको र एक दुई दिनमै सत्य तथ्य सार्वजनिक गर्ने एक उच्च प्रहरी अधिकृतले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस