काठमाडौंमा राप्रपाको बृहत प्रदर्शन
खबर एक्सप्रेस
२०८१-११-२१ ०३:३९ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय झण्डासहित काठमाडौंमा बृहत प्रदर्शन तथा मोटरसाइकल र्याली गरेको छ ।
राप्रपाले बुधबार दिउँसो बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेशोर हुँदै नारायणहिटीसम्म र्याली आयोजना गरेको हो । उक्त र्यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
राप्रपाले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित जनप्रदर्शन गरेको हो । प्रदर्शनमा राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु लगाइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस