घट्यो सुनचाँदीको भाउ
खबर एक्सप्रेस
२०७९-०२-०४ ११:४९ मा प्रकाशित
Total Shares: 217
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० मूल्य कायम भएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस