गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार
खबर एक्सप्रेस
२०८१-०४-१३ ०९:०७ मा प्रकाशित
Total Shares: 123
गोरखा - गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएका पाँचमध्ये दुई जनाको उद्धार गरिएको हो । उनीहरु घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।
पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिएको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस