पर्सामा सेना, चिकित्सक र पत्रकारसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२० ११:४३ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिका रहेका छन् । दुई जना बारा, सर्लाही र सुर्खेतका एक एक जना छन् । ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस