काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२  जनालाई  कोरोना संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९  पुगेको छ।