काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को जित निकालेको हो । 

खेलको ५०औं मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट घरेलु टोली भ्यालेन्सियाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि  ५७औं मिनेटमा कप्तान लियोनेल मेस्सी पेनाल्टीमा चुके तर, त्यसमै रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भए । ६३औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए । त्यसपछि ८३औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३-२को अवस्थामा ल्याएपनि बार्सिलोना विजयी बन्यो । 

जितसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७६ अंक छ । पराजित भ्यालेन्सिया ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।