काठमाडौं - बितेको एक दिनमा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको छ । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।