सिंगटी हाइड्रोपावरको ड्याममा अड्किएको अवस्थामा युवकको शव उद्धार
खबर एक्सप्रेस
२०८२-०५-०५ ०८:०१ मा प्रकाशित
Total Shares: 102
दोलखा - दोलखा जिल्लाको बिगु गाउँपालिका–५ का २३ वर्षीय राजु तमाङको खोलामा परी मृत्यु भएको छ।
मिति २०८२ साल भदौ ४ गते दिउँसो माछा मार्न गएका राजु तमाङ खोलामा चिप्लिएर बेपत्ता भएका थिए। लगातारको खोजीपछि आज दोलखाको सोसुङ खोलामा सिंगटी जलविद्युत् आयोजना क्षेत्र अन्तर्गतको ड्याममा उनको शव फेला परेको हो।
शवलाई सशस्त्र प्रहरी बलको उद्धार टोली कमाण्डर सुमन बुढाथोकी तथा इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्र दर्नाल नेतृत्वको टोलीले स्थानीयवासीको सक्रिय सहकार्यमा फेला पारी उद्धार गरेको हो।
उद्धार गरिएको शवलाई पोष्टमार्टमका लागि चरिकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस