काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।