म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग पराजित
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले स्तब्ध बनेको हो । १० खेलाडीमा समेटिएको युनाईटेड सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित बन्यो ।
खेलको १३ औं मिनेटमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा युनाईटेड १० खेलाडीमा समेटियो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि युनाईटेडका आरोन वान बिसाकाले रातो कार्ड खाँदै मैदानबाट बाहिरए ।
खेलको ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २-१ को जित दिलाए ।
रोनाल्डोले भने च्याम्पियन्स लिगमा गोल संख्या १ सय ३५ पुर्याए । यस्तै रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । उनले इकर क्यासिलासको १ सय ७७ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस