दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्रीले गरिन् स्वागत
खबर एक्सप्रेस
२०८०-०२-१७ ०४:२२ मा प्रकाशित
Total Shares: 124
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्लीमा अवतरण गरेका छन्।
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्।
भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी लेखी ७ जुलाई २०२१ देखि भारतीय विदेश राज्यमन्त्रीको भूमिकामा छन्। भारतीय विदेशमन्त्रीका रुपमा एस जयशंकर कार्यरत छन्।
दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस