विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाइ
खबर एक्सप्रेस
२०७७-०५-३० ०२:१० मा प्रकाशित
Total Shares: 330
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ ।
मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई सीमित कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।
कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गरेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस