भारतमा बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
खबर एक्सप्रेस
२०७७-०१-१५ ०६:५६ मा प्रकाशित
Total Shares: 413
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ ।
यहाँका सरकारी अधिकारी अनुसार पछिल्लो २४ घण्टामा ५६ जनाको मृत्यु भएको छ । जुन संख्या अहिलेसम्म एकैदिन सबैभन्दा ज्यान गुमाउनेमा दोस्रो स्थानमा पर्न जान्छ , यसअघि एकैदिन ५९ जनाको मृत्यु भएको छ । तर, पछिल्ला दिनभन्दा धेरै हो ।
हालसम्म भारतमा कोरोनाबाट ८ सय ८१ जनाको मृत्यु भएको छ भने झण्डै २८ हजार संक्रमित छन् जसमा एक हजार ६ सय बितेको २४ घण्टामा भित्रिए । भारत कोरोनाबाट सबैभन्दा प्रभावित दक्षिण एसियाली मुलुक हो ।
फेसबुक पेज Like गर्नुहोस