एनपीएलमा आज दुई खेल हुँदै, पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर प्रतिस्पर्धा गर्ने
खबर एक्सप्रेस
२०८२-०८-१४ ०७:२६ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन् ।
तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चार खेलमा एउटा खेलमा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ ।
यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ ।
चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस