कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजार भन्दा बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरस (कोभिड १९)ले विश्वमा त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट उत्पत्ति भएको भाइरस विश्वमै फैलिएको छ ।
यस भाइरसका कारण जनजीवन प्रभावित हुनुका साथै विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुर्याएको छ । विश्वमा लाखौं मानिसले यस भाइरसका कारण अकालमै ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा २९ लाख २० हजार ९ सय ५ जनामा कोरोनाको संक्रमण रहेको छ ।२ लाख ३ हजार २ सय ६९ जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् । ८ लाख ३६ हजार ६ सय ८३ जना निको भएका छन् ।
यस भाइरसले सबैभन्दा बढी अमेरिकामा प्रभावित बनाएको छ । अमेरिकामा ९ लाख ६० हजार ६ सय ५१ जनामा कोरोनाले संक्रमण गराएको छ ।
५४ हजार २ सय ५६ जनाको ज्यान गएको छ भने १ लाख १८ हजार १ सय ६२ जना पूर्ण रुपमा निको भएका छन् । अन्य केही राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस